चाइना मिडिया ग्रुपको "बसन्त चाड गाला" कार्यक्रम न्युयोर्कमा शुरु
2024-01-28 16:14:26cri
Share with:

स्थानीय समयअनुसार जनवरी २६ तारिखदेखि चाइना मिडिया ग्रुपको " बसन्त चाड गाला" कार्यक्रम न्युयोर्कमा शुरू गरिएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि चाङ चुन, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा सभ्यता गठबन्धनका उच्च प्रतिनिधि मोलेटिनोस, संयुक्त राष्ट्रसङ्घका लागि अमेरिका, जापान, पोल्याण्ड, फिलिपिन्स, मलेसिया, भियतनाम, क्युबा, निकारागुआ र मौरिससका दूत तथा कूटनीतिज्ञहरू, संयुक्त राष्ट्रसङ्घ सचिवालयका पदाधिकारी तथा विभिन्न क्षेत्रका मित्र लगायत जम्मा गरी २०० भन्दा बढी अतिथिहरूको उपस्थिति थियो। चाइना मिडिया ग्रुप विश्वव्यापी बसन्त चाड गाला कार्यक्रम यसै अवसरदेखि शुरू गरिएको छ।

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइस्योङले भिडियो सन्देश दिँदै भन्नुभयोः विश्वको करिब पाँचभागको एक तिहाइ जनसंख्याले विभिन्न रुपमा वसन्त चाड मनाउने गर्छन्। चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा बसन्त चाड गाला हेर्ने चलन चिनियाँहरूका लागि नयाँ वर्षमा बसेको चालचलन बनेको छ। आज, बसन्त चाड गाला लगातार ४१ पटक गरी आयोजित गरिसकेको छ र विश्वको लागि चीनको नजिक पुग्न र चीनलाई बुझ्नको लागि एक सांस्कृतिक व्यापार कार्ड बनेको छ। यस वर्ष, चाइना मिडिया ग्रुपले ६८ किसिमका भाषाहरूको संचारहरू र सीजीटीएनको एकीकृत मिडिया प्लेटफर्ममा पूर्ण रूपमा देखाउने छ। जसबाट विश्वभरका मानिसहरूले गायन र हाँसोको आनन्दमा चिनियाँ नयाँ वर्ष र चिनियाँ संस्कृतिको अद्वितीय आकर्षणको अनुभव गर्न सक्दछन्। धेरै देशका कलाकारहरूले दर्शकहरूको लागि एक अद्भुत सांस्कृतिक भोज ल्याएका छन्।

कार्यक्रममा सहभागी अतिथिहरुले चिनियाँ जनतासँग ड्रयागनको वर्षको वसन्त चाड मनाउन पाएकोमा खुशी व्यक्त गर्दै नयाँ वर्षमा चीन-अमेरिका सम्बन्धमा नयाँ अध्यायको अपेक्षा गरेका छन्। सोही दिनको कार्यक्रमलाई संयुक्त राष्ट्रसंघको सरकारी सञ्चारमाध्यमले कभरेज गरेका थिए ।