चिनियाँ नयाँ वर्षलाई नेपालको प्रतिनिधि सभाका सभामुखको शुभकामना
2024-01-28 08:00:39cri
Share with:

चिनियाँ परम्परागत पर्व वसन्त चाड नजिकिँदै छ र चिनियाँ नव वर्ष बसन्त चाडको संस्कृतिले विश्वका विभिन्न मुलुकका मानिसहरूको ध्यान आकर्षित गराइरहेको छ। चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा 'शुभ बसन्त चाड' सांस्कृतिक प्रदर्शन नेपाली स्थानीय समयअनुसार जनवरी २४ मा नेपालको राजधानी काठमाडौँमा गरियो। जसमा विभिन्न देशका लगभग ७०० जना दर्शकले भाग लिए। नेपाली प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि सोही कार्यक्रममा सहभागी भई चिनियाँ मित्रहरुलाई नयाँ वर्षको शुभकामना दिनुभयो।

'शुभ बसन्त चाड' सांस्कृतिक प्रदर्शनपछि, नेपाली प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा भन्नुभयोः यो सांस्कृतिक प्रदर्शन निकै अद्भुत र अत्यन्त चिनियाँ विशेषतायुक्त भएको छ। चिनियाँ परम्परागत बसन्त चाडको अवसरमा नेपाली साथीहरूले प्रत्यक्ष रूपमा चिनियाँ संस्कृतिको आकर्षण महसुस गरेको उहाँले बताउनुभयो।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विस्तृत रूपमा भन्नुभयोः

"चीन संस्कृतिमा धेरै धनी मुलुक हो। त्यसको प्रजार हामीले अरू माध्यमबाट हेर्थ्यौं। आज प्रत्यक्ष रूपमा हेर्न पाउँदाखेरी म लगायत हाम्रो थीम नेपाली जनताहरू साथीहरू सबै नजिकबाट हेरेर एकदम खुसी भएका छौँ। नयाँ वर्ष पार गर्न तपाईंहरू जे गर्नुभएको छ त्यसको लागि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। सिनन्यान ख्वाई ल--नयाँ वर्षको शुभकामना।"

नेपाली चीन-नेपाल मिडिया एशोसिएसनका अध्यक्ष ध्रुव पौडेलले प्रदर्शन हेरेको अनुभवबारे चर्चा गर्दै भन्नुभयोः

"आजको कार्यक्रम निकै गजब थियो र यसले मलाई चीनमा बिताएका दिनहरूको सम्झना दिलायो। जब म चीनमा थिएँ, मैले दुई पटक चिनियाँ नयाँ वर्ष मनाएको अनुभव गरेँ। मलाई अझै पनि मेरा चिनियाँ साथीहरूको याद आउँछ। अन्त्यमा, म मेरा सबै चिनियाँ मित्रहरूलाई नयाँ वर्षको शुभकामना दिन चाहन्छु।"