चिनियाँ परराष्ट्र मन्त्री र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बीच भेटवार्ता
2024-01-28 16:28:48cri
Share with:

स्थानीय समयअनुसार जनवरी २६ र २७ तारिख, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बैदेशिक मामिला कार्यालयका निर्देशक वाङ यीले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानसँग बैंककमा नयाँ चरणको भेटवार्ता गर्नुभएको छ। सान फ्रान्सिसको शिखर सम्मेलनमा दुई देशका राष्ट्रनायकहरूबीच भएको सहमतिको कार्यान्वयन गर्न र चीन-अमेरिका सम्बन्धका महत्वपूर्ण र संवेदनशील मुद्दाहरूको उचित व्यवस्थापन गर्नका लागि दुवै पक्षले स्पष्ट, ठोस र फलदायी रणनीतिक संवाद गरेका छन्।

राष्ट्रिय सुरक्षा र आर्थिक गतिविधिको सीमाबारे थप छलफल गर्न दुवै पक्ष सहमत भएका छन्। साथै दुवै देशका राष्ट्रनायकले नियमित सम्पर्क कायम गर्ने र द्विपक्षीय सम्बन्धका लागि रणनीतिक मार्गदर्शन प्रदान गर्ने, विभिन्न क्षेत्र र सबै तहमा चीन-अमेरिका आदानप्रदानलाई बढाउने, कूटनीति, सेना, अर्थतन्त्र, वित्त, वाणिज्य र जलवायु परिवर्तनका क्षेत्रमा वर्तमान रणनीतिक सञ्चार च्यानल र संवाद एवम् परामर्श संयन्त्रको सदुपयोग गर्ने, चीन-अमेरिका सम्बन्धका मार्गदर्शक सिद्धान्तहरूमा छलफल जारी राख्ने, निकट भविष्यमा चीन-अमेरिका लागुपदार्थ विरोधी सहयोगको कार्य समूह गठन गर्ने, चीन-अमेरिका अन्तरसरकारी संवाद संयन्त्रको पहिलो बैठक आयोजना गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन्।

यसका अतिरिक्त, दुवै पक्षले मध्यपूर्व, युक्रेन, कोरियाली प्रायद्वीप र दक्षिण चीन सागरजस्ता अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा पनि छलफल गरेका छन्।