फिलिपिन्सद्वारा अवैध सैन्य जहाजलाई आपूर्ति एयरड्रप गरेको घटनाबारे चिनियाँ समुद्री प्रहरी ब्युरोको भनाइ
2024-01-28 16:26:27cri
Share with:

फिलिपिन्सको एउटा सानो विमानले जनवरी २१ तारिख चिनियाँ द्वीपमा अवैध रोकेको सैन्य जहाजलाई आपूर्ति एयरड्रप गरेको थियो। त्यसप्रति चिनियाँ समुद्री प्रहरीले समयमै अनुगमन गरेर कानुन तथा नियमअनुसार यी आपूर्तिको अस्थायी व्यवस्था गरेको छ। फिलिपिन्सले वास्तविकताको वेवास्ता गरेर घटना उक्साउँदा अन्तर्राष्ट्रिय समाजमा भ्रम छरेको छ। जसले दक्षिण चिनियाँ सागरको तनावपूर्ण परिस्थितिलाई शिथिल पार्न कुनै सहयोगी गरेको छैन। चीनले फिलिपिन्ससँग उत्तेजक प्रचार रोक्न आग्रह गरेको छ। चिनियाँ समुद्री प्रहरीले रेनआइच्याउ अथवा दोस्रो थोमस शोल र यसको वरिपरि समुद्री क्षेत्रमा अधिकारको सुरक्षा गर्ने गतिविधिलाई सबल पारेर राष्ट्रिय सार्वभौमिकता र समुद्री सार्वभौमिकताको रक्षा गर्नेछ।

चिनियाँ समुद्री प्रहरी ब्युरोका प्रवक्ता कान युले उक्त जानकारी दिनुभएको हो।