सिन्च्याङ होर्गोस बन्दरगाहमा फलफूल र तरकारीको निर्यात यस वर्ष उच्च बिन्दूमा
2024-01-29 15:03:38cri
Share with:

वसन्त चाड नजिकिँदै गर्दा, होर्गोस बन्दरगाहमा सिन्च्याङको फलफूल र तरकारीको निर्यात यस वर्षकै उच्च बिन्दूमा पुगेको छ। जनवरीमा निर्यात १०,००० टन पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा चार गुणा बढी भएको छ।

 

सिन्च्याङको होर्गोसको सबैभन्दा ठूलो फलफूल र तरकारी निर्यात आधारमा, हरेक दिन सिन्च्याङ, शानतोङ, सछ्वान र अन्य ठाउँहरूकालागि १,००० टनभन्दा बढी नाशपाती, स्याउ, सुन्तला, खुर्सानी, कागती र अन्य ताजा फलफूल र तरकारीहरू यहाँ लोड गरिन्छ। साथै देशबाहिर कजाकिस्तान, उजबेकिस्तान र अन्य देशहरूमा समेत पठाइन्छ।