गणतन्त्र नाउरुस्थित चिनियाँ राजदूतावासको पुन:उद्घाटन समारोह आयोजित
2024-01-29 18:28:28cri
Share with:

 

जनवरी २९ तारिख गणतन्त्र नाउरुका लागि चिनियाँ राजदूतावासको पुन: उद्घाटन समारोह नाउरुको मेनन होटलमा भव्यरूपमा आयोजित भएको छ।

 

चिनियाँ राजदूतावासको पुन:सञ्चालन कार्य समूहका नेता वाङ श्यु क्वाङले चिनियाँ मिडिया ग्रुपसँगको अन्तर्वार्तामा बोल्दै यी दुई देशबीचको कूटनीतिक सम्बन्ध पुन शुरू गर्नका लागि दूतावास पुन: खोलिनु महत्वपूर्ण भएको बताउनुभयो।