फुसिङ स्मार्ट उच्च गति रेल पहिलोपटक छिङहाई-तिब्बत पठारमा
2024-01-30 15:13:02cri
Share with:

यस वर्षको वसन्त चाड यातायातको क्रममा फुसिङ स्मार्ट उच्च गति रेल पहिलोपटक जनवरी १० तारिख छिङहाई-तिब्बत पठारमा चलेको छ। वसन्त चाड यातायातको अवधिमा जी-८५२ ट्रेन हुपै प्रान्तको वुहानबाट छिङहाई प्रान्तको सिनिङका लागि हरेक दिन प्रस्थान गर्नेछ।

 

वुहानको वुहान रेल स्टेशनबाट जी-८५२ ट्रेन बिहान ११:४५ बजे प्रस्थान गरी हुपै, हनान, पल्लो शान्सी, कान्सु र छिङहाई प्रान्तहरू हुँदै १८०६ किलोमिटर लामो दुरी तय गरी बेलुकी ८:५४ बजे सिनिङ पुग्ने छ। विगतमा, वुहानबाट सिनिङसम्मको रेल यात्रा करिब २१ घण्टाको थियो भने अब केवल ९ घण्टाभन्दा केही बढी लाग्ने छ, जसबाट लगभग १२ घण्टा छोटिएको छ।

 

फुसिङ स्मार्ट उच्च गति रेल छिङहाई-तिब्बत पठारमा पहिलोपटक सञ्चालन गरेसँगै दुई स्थानहरू बीचको यात्रा र यात्रुकालागि धेरै सुविधा मिलेको छ।