लगभग ७०% विदेशी उद्यमहरू चिनियाँ बजारको भविष्यप्रति आशावादी
2024-01-30 16:49:45cri
Share with:

सन् २०२३ वर्षको चौथो त्रैमासिकमा चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले झण्डै ६०० वटा विदेशी लगानीमा सञ्चालित उद्योगमा सर्वेक्षण गरेको थियो। ३० तारिख आयोजित पत्रकार सम्मेलनमा सो परिषदले "सन् २०२३ को चौथो त्रैमासिकमा चीनको वैदेशिक लगानी व्यापार वातावरणसम्बन्धी अनुसन्धान प्रतिवेदन" प्रकाशित गरेको छ।

 

उक्त प्रतिवेदनले सन् २०२३ को चौथो त्रैमासिकमा चीनको व्यापारिक वातावरण सर्वेक्षण गरिएका विदेशी लगानीका उद्योगहरूको सन्तुष्टि बढ्दै आएको देखाएको छ। चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्का प्रवक्ता याङ फ्यानले बोल्दै चीनको वर्तमान अर्थतन्त्र स्थिर र आगामी दीर्घकालीन सकारात्मक विकासको आधारभूत अवस्था परिवर्तन नहुने साथै चिनियाँ बजार विदेशी लगानीका लागि थप आकर्षक हुँदै आएको कुरा व्यक्त गर्नुभयो।