सी चिनफिङद्वारा आजालीलाई कोमोरोसको राष्ट्रपतिमा पुन:निर्वाचित भएकोमा बधाई सन्देश
2024-01-30 16:55:50cri
Share with:

जनवरी २८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले कोमोरोस संघको अध्यक्षमा पुन:निर्वाचित भएकोमा आजाली असुमानीलाई फोनमार्फत् बधाई ज्ञापन गर्नुभएको छ।

 

सी चिनफिङले चीन र कोमोरोस इमानदारी, मित्रता र पारस्परिक विश्वासका असल मित्र भएको कुरा औंल्याउनुभयो। हाल यी दुई देशबीचको सम्बन्ध द्रूत गतिमा विकसित भएको र विभिन्न क्षेत्रको व्यावहारिक सहकार्यबाट फलदायी नतिजा पाइएको पनि उहाँले बताउनुभयो।

 

दुई पक्षले पारस्परिक मुख्य हित र आपसी चासोमा एकले अर्कालाई समर्थन दिएको बताउँदै उहाँले चीनले चीन-कोमोरोस सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै दुई देशका जनतालाई फाइदा ल्याउनका लागि राष्ट्रपति अजालीसँग मिलेर प्रयास गर्न इच्छुक रहेकोमा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।