राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीनका लागि नयाँ विदेशी राजदूतहरूका ओहदाको प्रमाण पत्र ग्रहण
2024-01-30 19:05:40cri
Share with:

जनवरी ३० तारिख दिउँसो राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा चीनका लागि ४२ जना नयाँ विदेशी राजदूतद्वारा प्रस्तुत ओहदाको प्रमाण पत्र ग्रहण गर्नुभएको छ।

 

ओहदाको प्रमाण पत्र ग्रहण समारोह सम्पन्न भएपछि राष्ट्राध्यक्ष सीले ती राजदूतहरूका लागि सामूहिक सम्बोधन गर्नुभयो। राजदूतहरूले अझ सम्पूर्ण र गहन रूपमा चीनबारे समझदारी बढाउनुका साथै द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि मैत्रीपूर्ण र सम्पर्क पूल स्थापना गर्नसक्ने आशा पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।