चीन र अमेरिकाका टेबलटेनिस खेलाडीहरुद्वारा लोस्एन्जलसमा आदान-प्रदान-२
2024-01-30 09:54:28cri
Share with:

देल स्विरिसकी श्रीमती खान्नी स्विरिसले युवा पुस्ताका चिनियाँ तथा अमेरिकी खेलाडीहरुले “टेबलटेनिस कूटनीतिको” भावनालाई निरन्तर रुपमा हस्तान्तरण गर्न सक्ने, टेबलटेनिस जस्तै सानो बलमार्फत पृथ्वी जस्तै ठूलो बललाई अघि बढाएर दुई मुलुक बीचको मानवीय आदान-प्रदानलाई प्रबल बनाउन योगदान गर्न सक्ने आशा आफूले गरेकी बताउनुभयो।

टेबलटेनिस, शिक्षा अथवा सङ्गीत लगायत सांस्कृतिक आदान-प्रदान दुई पक्ष बीचको गलत बुझाइ हटाउन उपयोगी भएको मैले ठहर गरेकी छु। किनभने यो मानिसहरु बीचको आदान-प्रदान हो, संवादमार्फत आपसी संस्कृतिबारे जानकारी लिन सकिने छ। जसले विभिन्न देश बीच सम्पर्क गर्ने बाटो खोलेको मैले विचार गरेकी छु। अरु बढी आदान-प्रदान हाम्रा दुई देश बीचको जानकारीलाई बढाउन सक्छ। भविष्यमा यस चलनको निरन्तरता हुन सकोस् मैले आशा गरेकी छु।

 

अमेरिकी टेबलटेनिस टोलीका खेलाडीहरुले पैचिङ विश्वविद्यालयको टेबलटेनिस टोलीका विद्यार्थीहरुको प्रदर्शनको प्रशंसा गर्दै प्रतियोगितामार्फत चीनबारे अरु बढी जानकारी लिएको बताएका छन्। अमेरिकी टेबलटेनिस टोलीका पूर्व खेलाडी बार्नी रिदले यसरी भन्नुभयो,

हामीले किताब, समाचार अथवा पत्र-पत्रिकाबाट मात्र अरु देशबारे जानकारी लिनु हुँदैन। प्रत्यक्ष कुराकानी गर्दा एक-अर्कालाई अझै राम्रोसँग बुझ्न सकिन्छ। तपाईँले सबै मानिस समान रहेको पाउनसक्नु हुन्छ। तपाईँ चिनियाँ हुनुहुन्छ, म अमेरिकी हुँ, तथापि हामी मानवजाति हौँ, हामी एउटै पृथ्वीमा बस्छौँ। त्यसैले खेलकुदमार्फत हामीले एकअर्कालाई चिनेका छौँ र खुसीयालीसँग व्यवहार गरेका छौँ। राजनीतिज्ञले गर्न नसक्ने तवरमा टेबलटेनिसले अमेरिका तथा चीनलाई जोडेको छ।

 

पारा ओलम्पिक खेलकुदको टेबलटेनिस प्रतियोगितामा अमेरिकी पूर्व च्याम्पियन ताल लैबोभिचले यसरी भन्नुभयो,

पैचिङ विश्वविद्यालयका खेलाडीहरुको गुणस्तर निकै सर्वतोमुखी छ। उनीहरु पेशागत खेलाडी नभए तापनि प्रतियोगितामा उनीहरुको प्रदर्शन एकदम उत्कृष्ठ रहेको छ भने उनीहरुको सीप पनि निकै राम्रो छ। हामी बीच केही डबल प्रतियोगिता भएको छ। उनीहरुसँग प्रतियोगिता खेल्न निकै रमाइलो भयो। उनीहरु निकै उत्कृष्ठ खेलाडी हुन्।