चिनियाँ सरकारका प्रतिनिधि लो चाउ ह्वै नाउरुको स्वतन्त्रता दिवस समारोह र चिनियाँ दूतावासको पुन:सञ्चालन समारोहमा सहभागी
2024-01-31 14:57:39cri
Share with:

चिनियाँ सरकारका प्रतिनिधि एवम् चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका निर्देशक लो चाउ ह्वै नाउरुको स्वतन्त्रता दिवस समारोह र चिनियाँ दूतावासको पुन:सञ्चालन समारोहमा सहभागी हुनुभएको छ। जनवरी २९ देखि जनवरी ३१ सम्म चिनियाँ सरकारका प्रतिनिधि एवम् चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका निर्देशक लो चाउ ह्वैलाई नाउरुको स्वतन्त्रता दिवस समारोहमा सहभागी हुन आमन्त्रण गरिएको थियो। भ्रमण क्रममा, उहाँले राष्ट्रपति अदियाङ, सभामुख स्टीफन र विदेशमन्त्री एङ्गमिनसँग भेट गर्नुभएको छ।

 

लो चाउ ह्वैले नाउरुको ५६ औँ स्वतन्त्रता दिवसको अवसरमा नाउरुका जनतालाई हार्दिक बधाई दिँदै चीन र नाउरुबीचको दौत्य सम्बन्ध पुन:स्थापना दुई देशका जनताको आधारभूत हितमा रहेको र यसले दुई देशबीचको सम्बन्धमा नयाँ पृष्ठ खोल्ने बताउनुभयो। चिनियाँ शैलीको आधुनिकीकरणले ल्याएको अवसरलाई नाउरुसँग बाँड्न र साझा विकास हासिल गर्न चीन इच्छुक रहेको पनि प्रतिनिधि लोले बताउनुभयो।

 

नाउरुको स्वतन्त्रता दिवस समारोहमा सहभागी हुन प्रतिनिधि पठाएकोमा चीनलाई धन्यवाद दिँदै चीनसँग दौत्य सम्बन्ध पुन:सुरु गर्नु नाउरु सरकारले गरेको सही निर्णय भएको उल्लेख गरेको छ । नाउरूले एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालन गर्ने र "बेल्ट एण्ड रोड" र तीन प्रमुख विश्वव्यापी पहलहरूमा सक्रिय रूपमा सहभागी हुने जनाएको छ।