चीनद्वारा ह्वाङयान टापुमा फिलिपिन्सको अवैध घुसपैठबारे आफ्नो अडान व्यक्त
2024-01-31 18:02:25cri
Share with:

चीनको सामुद्रिक प्रहरी विभागका प्रवक्ता गान युले जनवरी २८ तारिख चार फिलिपिन्स कर्मचारीले अवैध रूपमा चीनको ह्वाङयान टापुमा प्रवेश गरेको बताउनुभयो। चिनियाँ सामुद्रिक प्रहरीले एक चेतावनी जारी गरेपछि ती अवैध व्यक्तिहरूलाई कानून बमोजिम धपाइएको थियो।

 

ह्वाङयान टापु र यसको छेउछाउको पानीमा चीनको निर्विवाद सार्वभौमसत्ता कायम छ। चिनियाँ सामुद्रिक प्रहरीले सधैं चीनको अधिकार क्षेत्र अन्तर्गतको पानीमा अधिकार र कानून लागू गर्ने, राष्ट्रिय सार्वभौमसत्ता र सामुद्रिक अधिकार तथा हितलाई दृढताका साथ सुरक्षा गर्नेछ।