राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सीपीसी राजनीतिक व्युरोको सम्मेलनको अध्यक्षता
2024-01-31 19:12:45cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोले जनवरी ३१ तारिख सम्मेलनको आयोजना गर्दै विविध प्रतिवेदनमाथि लेखाजोखा गरेको छ। ती प्रतिवेदनमध्ये: केन्द्रीय समितिको राजनीतिक व्युरोले राष्ट्रिय जन काङ्ग्रेस स्थायी समिति, राज्य परिषद्, जन राजनीतिक परामर्शदात्री सम्मेलन, सर्वोच्च जन अदालत र सर्वोच्च जन न्यायाधिवक्ताको पार्टी समूहको कार्य अवस्था र केन्द्रीय सचिवालयको कार्य प्रतिवेदनको सुनुवाई र अनुसन्धान गर्ने मिलिजुली प्रतिवेदन, सम्पूर्ण पार्टी परिधिमा सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई गहन रूपमा व्यवहारमा उतार्ने मुख्य शैक्षिक गतिबिधिको समष्टिगत प्रतिवेदन, सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई गहन रूपमा व्यवहारमा उतार्ने र त्यसलाई सुदृढ पार्ने शैक्षिक प्रतिफल सम्बन्धी राय-सुझाव र चिनियाँ कम्युनिष्ट पार्टी जाँचबुझ र निगरानी कार्यकारी नियम लगायतका दस्तावेजहरू समावेश छन्।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त सम्मेलनको अध्यक्षता गर्नुभएको छ।