सी चिनफिङद्वारा मलेसियाका नयाँ सर्वोच्च राज्य प्रमुख इब्राहिमलाई बधाई सन्देश
2024-01-31 14:56:38cri
Share with:

जनवरी ३१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले इब्राहिम इस्कन्दरलाई मलेसियाको सर्वोच्च राष्ट्र प्रमुखको पदभार ग्रहण गर्नुभएकोमा फोनमार्फत् बधाई व्यक्त गर्नुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र मलेसिया एकअर्काको समुद्रपार गर्ने मित्रवत् छिमेकी र दुई देशबीच मित्रताको लामो इतिहास रहेको औँल्याउनुभएको छ। सन् १९७४ मा दौत्य सम्बन्ध स्थापना भएदेखि नै दुई पक्षले आपसी सम्मान, आपसी हित र जीतको सहयोगलाई पालना गर्दै आएको भन्दै विभिन्न क्षेत्रमा सहयोगले महत्वपूर्ण नतिजा हासिल गरेको र द्विपक्षीय सम्बन्धले विकासको राम्रो गति कायम गरेको बताउनुभयो। उहाँले भन्नुभयो,“सन् २०२३ मा प्रधानमन्त्री अनवर र मैले नयाँ युगमा द्विपक्षीय सम्बन्धको विकासको नयाँ खाका कोर्दै चीन र मलेसियाको साझा भविष्यसहितको समुदाय निर्माण गर्ने महत्वपूर्ण सहमतिमा पुगेका थियौँ। सन् २०२४ मा चीन र मलेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव र "चीन-मलेसिया मित्रताको वर्ष" पनि हो। मलेसियाले चीन-आसियान सम्बन्धको संयोजकको जिम्मेवारी सम्हाल्नेछ र चीन-मलेसिया सम्बन्धको विकासले नयाँ मोड लिइरहेको छ। म सर्वोच्च राज्य प्रमुख इब्राहिमसँग मैत्रीपूर्ण आदानप्रदान गर्न, चीन र मलेसियाबीच साझा भविष्य भएको समुदायको निर्माणको नेतृत्व गर्न निरन्तर नयाँ नतिजा हासिल गर्न, दुई देशका जनतालाई थप लाभहरू पुर्याउन र क्षेत्रीय समृद्धिमा थप योगदान दिन इच्छुक छु।”