सी चिनफिङद्वारा नाउरुको स्वतन्त्रता दिवसको अवसरमा नाउरुका राष्ट्रपति अडियाङलाई बधाई सन्देश
2024-01-31 11:18:23cri
Share with:

जनवरी ३१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नाउरुको ५६औँ स्वतन्त्रता दिवसको अवसरमा नाउरुका राष्ट्रपति डेभिड अडियाङलाई बधाई दिन सन्देश पठाउनुभएको छ।

 

राष्ट्राध्यक्ष सी चिनफिङले आफ्नो बधाई सन्देशमा चीन र नाउरुले केही दिनअघि मात्र औपचारिक रूपमा कूटनीतिक सम्बन्ध पुनः सुरु गरेको र द्विपक्षीय सम्बन्धले नयाँ पृष्ठ खोलेको औँल्याउनुभएको छ। राष्ट्रपति डेभिड अडियाङले एक चीन सिद्धान्तलाई मान्यता दिने राजनीतिक निर्णय गर्नुभएबाट आफूले गहिरोरूपमा प्रशंसा गरेको पनि राष्ट्रराध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

म चीन-नाउरु सम्बन्धको विकासलाई ठूलो महत्व दिन्छु र दुई देशका जनताको हितमा राजनीतिक पारस्परिक विश्वासलाई गहन बनाउन, व्यावहारिक सहयोगको प्रवर्द्धन गर्न र दुई देशबीचका जनता र सांस्कृतिक आदानप्रदानलाई प्रगाढ बनाउन राष्ट्रपति अडियाङसँग काम गर्न इच्छुक छु, राष्ट्रराध्यक्ष सीले उल्लेख गर्नुभयो।