सी चिन फिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको ११औँ सामूहिक अध्ययन सत्रमा नयाँ उत्पादक शक्तिको विकासलाई तीव्रता दिन र उच्च गुणस्तरीय विकासलाई ठोस रूपमा प्रवर्द्धन गर्न जोड
2024-02-01 16:11:49cri
Share with:

जनवरी ३१ तारिख अपरान्ह चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले उच्च गुणस्तरीय विकासलाई ठोस रूपमा प्रवर्द्धन गर्ने सम्बन्धमा ११औँ सामूहिक अध्ययन सत्र आयोजना गरेको छ।

 

सी चिन फिङले सो अध्ययन सत्रको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ। उहाँले नयाँ युगदेखि पार्टी केन्द्रीय समितिले ठूला ठूला निर्णय र व्यवस्था गरेको तथा गुणस्तरीय विकासको प्रवर्द्धन सम्पूर्ण पार्टी र समाजको सहमति र चेतनापूर्ण कार्य भएको र आर्थिक तथा सामाजिक विकासको मुख्य विषय बनेको बताउनुभयो। सी चिन फिङले उच्च गुणस्तरीय विकासका लागि नयाँ उत्पादकत्व सिद्धान्तको मार्गदर्शन आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो। सी चिन फिङले वैज्ञानिक र प्राविधिक आविष्कारले नयाँ उद्योग, नयाँ मोडल र नयाँ चालक शक्तिको जन्म दिनसक्ने र नयाँ उत्पादक शक्तिहरूको विकास गर्ने मुख्य तत्व भएको पनि औँल्याउनुभयो।