सीएमजीमार्फत् पेरिस ओलम्पिक खेलकुदको रिपोर्ट उच्च मापदण्डमा पुग्नसक्ने: थोमस बाखको विश्वास
2024-02-01 18:44:44cri
Share with:

सन् २०२४ गाङ्गवान स्टेट हिउँदकालीन युथ ओलम्पिक खेलकुद भइरहेको अवधिमा अर्थात् जनवरी ३१ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाखले गणतन्त्र कोरियाको गाङ्गन्युनमा चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।

 

बाखले बितेका ओलम्पिक खेलकुदको रिपोर्ट गर्ने सन्दर्भमा चाइना मिडिया ग्रुपको उच्च मापदण्डको सकारात्मक मूल्याङ्कन गर्नुका साथै चालु वर्षको ग्रीष्म ऋतुमा आयोजना गरिने पेरिस ओलम्पिक खेलकुदको रिपोर्टमा चाइना मिडिया ग्रुपले राम्रो काम देखाउनसक्ने विश्वास व्यक्त गर्नुभएको छ।