मतभेदबाट मतैक्यतातर्फ, सङ्कटको कसरी समाधान गर्ने?
2024-02-01 18:52:21cri
Share with:

“चीन र अमेरिकाले द्वीपक्षीय सम्बन्धको अझ राम्रोसँग व्यवस्थापन गर्न प्रयास गरिरहेको सिलसिलामा यस सम्मेलनबाट सकारात्मक सहकार्यको संकेत दिइएको छ,” जनवरी ३० तारिख चीनको राष्ट्रिय लागूऔषध  निषेध समितिका जिम्मेवार व्यक्तिले पैचिङमा अमेरिकी लागूऔषध  सम्बन्धी संयुक्त प्रतिनिधि मण्डलसँग भएको भेटघाटबारे चर्चा गर्दै एपीले यस्तो मूल्याङ्कन गरेको छ।

 

३० तारिख चीन अमेरिका लागूऔषध नियन्त्रण सहयोगात्मक कार्यदल औपचारिक रूपमा सञ्चलनमा आएको छ। जुन चीन-अमेरिका राष्ट्रनायक बीच सान्फ्रान्सिस्को भेटघाटको मतैक्यतालाई व्यवहारमा उतारिएको एक महत्वपूर्ण कदम हो। सन् २०२२ को अगष्ट महिनामा त्यतिबेलाकी अमेरिकी काङ्ग्रेस प्रतिनिधि सभामुख नान्सी पेलोसीले आकस्मिक रूपमा चीनको थाइवानको भ्रमण गरेपछि चीनले बाध्य भएर अमेरिकासँगको लागूऔषध सहकार्यलाई स्थगित गरेको थियो।

अझ विस्तृत दृष्टिबाट हेर्दा चीन र अमेरिकाबीच लागूऔषध निषेध सहकार्य पुन:सुचारु हुनु नै दुई देशबीचको सम्बन्ध पुन: न्यानो हुनुको संकेत हो। हाल दुवै देशले विविध क्षेत्रमा घनिष्ट सम्पर्क कायम राखेबाट क्रमश: चीन-अमेरिका सान्फ्रान्सिस्को मतैक्यतालाई व्यवहारमा उतारेको प्रतिबिम्बित गरिएको छ।