सी चिन फिङ र भियतनामको कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव गुयेन फु ट्रोद्वारा नयाँ वर्षको शुभकामना सन्देश आदान-प्रदान
2024-02-02 18:21:29cri
Share with:

फेब्रुअरी २ तारिख चीन र भियतनामका जनताले संयुक्तरूपमा मनाउने वसन्त पर्वको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र भियतनामका कम्युनिष्ट पार्टी, केन्द्रीय समितिका महासचिव गुयेन फु ट्रोङले नयाँ वर्षको शुभकामना सन्देश आदान-प्रदान गर्नुभएको छ।

 

आफ्नो बधाई सन्देशमा राष्ट्राध्यक्ष सी चिन फिङले चिनियाँ पार्टी, सरकार र जनताको तर्फबाट गुयेन फु ट्रोङ र भियतनामी पार्टी, सरकार र जनतालाई नयाँ वर्षको हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ।

 

यसैगरी भियतनाम कम्युनिष्ट पार्टीका महासचिव गुयेन फु ट्रोङले चिनियाँ कम्युनिष्ट पार्टीको बृहत् विकास, राष्ट्रको समृद्धि र चिनियाँ जनताको नयाँ वर्षको महोत्सवमा सुख र शान्तिको शुभकामना गर्नुभएको छ।