वसन्त महोत्सव गालाको प्रवर्द्धनात्मक भिडियो अंकोर अन्तर्राष्ट्रिय विमानस्थलमा देखाइँदै
2024-02-02 17:05:47cri
Share with:

 

स्थानीय समय अनुसार फेब्रुअरी १ तारिख चिनियाँ मिडिया ग्रुपले  ड्र्यागन वर्षको वसन्त महोत्सव गालाको प्रवर्द्धनात्मक भिडियो कम्बोडियाको अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ठूलो स्क्रिनमा देखाएको छ। सो भिडियो पहिलो पटक अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको हो।

 

कम्बोडियन शाही परिवारको सदस्य राजकुमारी नोरोडोम जेन्नाले चिनियाँ मिडिया ग्रुपको विशेष अतिथिको रूपमा वसन्त महोत्सव गालासम्बन्धी सांस्कृतिक उपहार पर्यटकहरूलाई देखाउनुका साथै वसन्त महोत्सवको संस्कृतिबारे जानकारी दिनुभएको छ। अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थलका सयौं यात्रुहरू उक्त वसन्त महोत्सव गालाको भिडियो हेर्न प्रदर्शनी स्टेजमा आएका थिए।