अध्ययन गर्न चीन गएका रुसी विद्यार्थी अलेक्जेन्डरको चीनबारे जानकारी
2024-02-02 10:34:01cri
Share with:

सन् २०१८ मा रूसी युवा अलेक्जेन्डरका साथीले उनलाई बसन्त चाड मनाउन शांगहाई जान निमन्त्रणा गरेका थिए। अलेक्जेन्डरले चीनको अनुभव गरेको त्यो पहिलो पटक थियो। उनले चीनबारे गहिरो रुपमा जानकारी लिने आशा लिएका थिए। उनी भन्छन् “म सेन्ट पिटर्सबर्गको एक विद्यालयमा अभ्यास काम गर्दा मैले सातौं ग्रेडका विद्यार्थीलाई एक खुला कक्षा दिएँ। यो कक्षाको मुख्य विषय “मेरा आँखामा चीनको छबि” भन्ने रहेको थियो। मैले विद्यार्थीलाई चिनियाँ सँस्कृति र जीवनसम्बन्धी प्रश्न सोधेँ। चीनबारे प्रायजसो विद्यार्थीहरूको अन्तर्निहित छाप भयो। केही विद्यार्थीले चीनबारे जानकारी लिएनन्। मैले विद्यार्थीहरूसँग शांगहाई र छङतुमा मेरो अनुभव बाँडेको थिएँ, चीनको दृश्य र जीवनबारे जानकारी दिएको थिएँ, साथै चीनमा घुमघाम गरेको बेलामा मैले पाएको अनुभवबारे जानकारी दिएको थिएँ।”

 

सन् २०१९ मा अलेक्जेन्डरले पढ्नका लागि चीन जाने निर्णय गरेका थिए। उनले चीनको सँस्कृतिको अनुसन्धानसम्बन्धी मास्टर डिग्री पढ्नका लागि प्राचीन शहर सी आन शहरमा अवस्थित विश्वविद्यालयको छनौट गरेका थिए। उनी भन्छन् “म चीनका धेरै क्षेत्रहरू गएँ। तिब्बती जाति, व्है जाति, याउ जाति, तोङ जातिलगायतका अल्पसंख्यक जातिहरूको बाहुल्यता रहेका ठाउँहरू म गएको थिएँ। ५६ वटा फरक भाषा र फरक बानीका जातिहरू एकता छ। सबैजनाहरूले एक अर्कालाई मन पराउँछन्। मेरो विचारमा यो बुद्धिमानी कुरा हो।”

 

चीन आएपछि अलेक्जेन्डरले चीनको सँस्कृतिबारे जानकारी लिने मौका पाए। उनका आँखामा चिनियाँहरूको भनाइ तरीका भाषाको सँस्कृति मात्र नभई जीवनको कला हो।

 

अलेक्जेन्डरको विचारमा दैनिक जीवन, लुलाकपडा, खाना, बसाइ र यात्राबाहेक आजको चीनबारे जानकारी लिन उनले दीर्घकालीन इतिहास रहेको चिनियाँ राष्ट्रको सभ्यताबारे जानकारी लिनचाहन्छन्। त्यसैले उनले धेरै चिनियाँ चलचित्रहरू हेरे।

 

चीनमा अध्ययन गरेको चार वर्षमा अलेक्जेन्डरले हरेक दिन चीनबारे अलि धेरै जानकारी लिएका छन्। उनले आजको चीनबारे जानकारी लिने आशा लिएका, प्राचीन कालको चीनबारे जानकारी लिने र भविष्यको चीनबारे जानकारी लिने अपेक्षा लिएका छन्। उनी भन्छन् “आजको चीनको अर्थतन्त्र निरन्तर रुपमा विकास भैरहेको छ। चीनले अन्तरीक्षको अन्वेषण गरेको, “बेल्ट एण्ड रोड”को सिर्जना गरेको छ। हालको चीनले आफ्नो जनताको संरक्षण गर्नुका साथै‍ मानववादी सहायतामार्फत अरु मुलुकका जनताहरूलाई मद्दत दिएको छ। चीनको तीब्र विकासले अरू मुलुकलाई चीनसँग सहयोग गर्न आकर्षित गरेको छ। रूस पनि अतिरिक्त भएको छैन। चीन र रूसले अर्थतन्त्र, शिक्षा क्षेत्रमा गहिरो सहयोग गरेका छन्। भविष्यमा मैले दुई मुलुकको मित्रता बढाउनसक्ने आशा लिएँ।”