वसन्त पर्व यात्राको पहिलो हप्ता यात्रुको संख्या १ अर्ब ३५ करोड माथि
2024-02-02 18:23:30cri
Share with:

 

आज सन् २०२४ को वसन्त चाडको ‘छुन युन’को आठौं दिन हो। चीनका विभिन्न क्षेत्रहरूका रेलवे स्टेशन, विमानस्थल र यातायात केन्द्रहरूमा यात्रुहरूको प्रवाह बढेको छ। आफ्नो घर फर्किने बाटोमा यी चिनियाँहरूले पारिवारिक पुनर्मिलन गर्ने अपेक्षा गरेका छन्। वसन्त पर्वको पहिलो हप्ता यातायात क्षेत्रमा यात्रुको संख्या १ अर्ब ३५ करोड नाघेको तथ्यांकले देखाएको छ।