सी चिन फिङद्वारा वसन्त पर्वको पूर्वसन्ध्यामा थेनचिनको निरीक्षण भम्रण
2024-02-02 10:49:33CRI
Share with:

वसन्त पर्वको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले थेनचिनको निरीक्षण भ्रमण गर्नुका साथै तल्लो तहका कर्मचारी तथा जनसमुदायसँग भेट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ।

गत वर्षको बाढी प्रकोपपछि स्थानीय कृषि उत्पादनको पुनरुत्थानको बारेमा जानकारी लिन तथा प्रभावित मानिसहरूलाई भेट्न फेब्रुअरी १ तारिख बिहान उहाँ सिछिन जिल्लाको तिल्युपु गाउँ पुग्नुभएको थियो। सोही दिन अपरान्ह उहाँले थेनचिन प्राचीन सांस्कृतिक सडकमा चाडको छेकोमा बजारको आपूर्ति र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोगको निरीक्षण पनि गर्नुभएको थियो।