सीएमजीको “वसन्त चाडको साङ्गितिक गाला” सम्बन्धी गतिविधि जेनेभामा आयोजित
2024-02-03 16:47:03cri
Share with:

 

फेब्रअरी २ तारिख चाइना मिडिया ग्रुपको “वसन्त चाडको साङ्गितिक गाला” सम्बन्धी स्विट्जरल्याण्डको गतिविधि संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालय अर्थात् प्यालेस अफ नेशन्समा आयोजना गरिएको छ। सो गतिबिधिको मुख्य नारा “चिनियाँ वसन्त चाड मनाऔँ र चाइना मिडिया ग्रुपको साङ्गितिक गाला हेरौँ” भन्ने रहेको छ। 

 

केन्द्रीय प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले भिडियोमार्फत सम्बोधन गर्नुभएको छ। आफ्नो सम्बोधनमा उहाँले चालु वर्ष जन गणतन्त्र चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव हो भन्दै स्वीट्जरल्याण्ड विभिन्न क्षेत्रका साथीहरूसँगै मिलेर सांस्कृतिक आदानप्रदान र सहकार्यलाई गहन पारी मानव सभ्यताको प्रगतिलाई अघि बढाउनुका साथै शान्तिपूर्ण विकास, आपसी हितयुक्त र साझा समृद्ध विश्व आधुनिकीकरणको सुन्दर अभिलाषालाई साकार तुल्याउन चाइना मिडिया ग्रुप इच्छुक रहेको कुरा औँल्याउनुभएको छ।

 

सोही दिन विविध मुलुकका कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय संगठनका पदाधिकारीहरूले प्यालेस अफ नेशन्समा चिनियाँ वसन्त चाडको रमाइलो वातावरणको अनुभव गरेका छन्।