सीजीटीएन सर्वेक्षणः विश्वका ९० प्रतिशत नागरिकद्वारा अमेरिकी राजनीतिज्ञको अज्ञानता र अहमत्याइँप्रति टिप्पणी
2024-02-03 20:23:11cri
Share with:

जनवरी ३१ तारिख अमेरिकाको वाशिङ्टन डीसीमा भएको एउटा सुनुवाईमा सिनेट न्यायिक समितिका अमेरिकी सिनेटर टम कटनले टिकटकका सीईओ शौ च् च्युमाथि अनेकन प्रश्नहरूद्वारा हमला गरेका छन्। उनले अन्जान बन्दै प्रश्नहरूको एक श्रृंखला प्रस्तुत गरेर बारम्बार सोधिरहे कि सीईओ शौसँग चिनियाँ नागरिकता छ कि छैन? कहिल्यै कम्युनिष्ट पार्टीमा आवद्ध भएको थियो कि थिएन?

सुनुवाइ क्रममा अमेरिकी सांसदहरूको बेतुका प्रस्तुतीलाई लिएर विश्वभरका नेटिजनहरूबीच टिकाटिप्पणी चलेको पाइएको छ।

सीजीटीएनद्वारा विश्वव्यापी नेटिजन्सहरूमाझ जारी गरिएको सर्वेक्षण अनुसार, ९० प्रतिशत भन्दा बढी नेटिजन्सहरूले केही अमेरिकी सांसदहरूले सोधेका प्रश्नहरूप्रति आश्चर्य व्यक्त गरेका छन्। चीनप्रति सिनेटरको अज्ञानता, अहंकार र पूर्वाग्रहलाई उजागर गरेको भन्दै उनीहरूले अन्ततः यसबाट चीन र अमेरिकाको स्थिर सम्बन्ध विकासमा असर पुर्याउनसक्ने चिन्ता समेत प्रकट गरेका छन्।