आन्तरिक रोजगार प्रवर्धन दशक मनाउन सरकारलाई अनुरोध
2024-02-03 16:41:54cri
Share with:

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने र यसको तयारीका लागि आवश्यक कार्य गर्ने निर्णय गरेको छ । श्रममन्त्री शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्ने गरी आर्थिक क्रियाकलापको विस्तार गर्ने एवं आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यसहित सरकार, रोजगारदाता ट्रेड युनियन तथा सरोकारवाला सबैको सहभागितामा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने र यसको तयारीका लागि श्रम मन्त्रालयबाट आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।

 

बैठकमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, आमसञ्चार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, ट्रेड युनियन, राजनीतिक दलसमेतको सहकार्यमा आन्तरिक रोजगार प्रवर्धन दशकका रूपमा मनाउने निर्णय गरेको जनाएको छ ।

सरकारका सचिव, परिषद्का सदस्य एवं विभिन्न निकायका प्रमुख, रोजगारदाताका प्रतिनिधि, ट्रेड युनियनका प्रतिनिधि र सरोकारवालाको सहभागिता रहेको बैठकले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, ट्रेड युनियन, राजनीतिक दलसमेतको सहकार्यमा आन्तरिक रोजगार प्रवर्धन दशकका रूपमा मनाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो । श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेल सम्मिलित बैठकले प्रतिष्ठानस्तरबाट नियमावली र विनियमावली संशोधन सम्बन्धमा अनुमति माग गरी प्राप्त विषयवस्तुमा परिषद्को ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । त्यस्तै केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा सरोकारवाला निकायका प्रतिनिधि एवं परिषद्का सदस्यबाट श्रम कानुन सुधारका लागि सुझाव कार्यदल गठन गरेको छ।