चिनियाँ मिडिया ग्रुपको “वसन्त पर्व गाला”सम्बन्धी साँस्कृतिक कार्यक्रम लाओसमा आयोजित
2024-02-04 18:39:10cri
Share with:

 

फेबुअरी १ तारिख चिनियाँ मिडिया ग्रुपको “वसन्त पर्व गाला”सम्बन्धी साँस्कृतिक कार्यक्रम लाओसमा आयोजित भएको छ। लाओसका वासिन्दा र विश्वका विभिन्न ठाउँबाट आएका पर्यटकहरूले सो कार्यक्रममार्फत चिनियाँ परम्परागत पर्व वसन्त चाडको अनुभव गरेका छन्।

 

लाओसका प्रधानमन्त्री सोन्क्से सिफान्डनले दुई देशका जनताबीचको आदान-प्रदानलाई प्रवर्द्धन गर्न लाओसमा मिडिया ग्रुपले आयोजना गरेको श्रृङ्खलावद्ध कार्यक्रमको उच्च प्रशंसा गर्नुभयो। उहाँले यस्ता सांस्कृतिक आदान-प्रदानले लाओसका जनतालाई चिनियाँ संस्कृति र कला अझ राम्ररी बुझाउने मौका दिएको कुरा बताउनुभयो।