नामिबियाका राष्ट्रपति गेइङ्गोबको निधनमा सीद्वारा शोक सन्देश
2024-02-05 18:37:20cri
Share with:

फेब्रुअरी ५ तारिखका दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नामिबियाका नयाँ राष्ट्रपति एम्बेम्बालाई नामिबियाका राष्ट्रपति गेइङ्गोबको निधनमा शोक सन्देश पठाउनुभयो। चीन सरकार र चिनियाँ जनताको तर्फबाट उहाँले नामिबियाको सरकार र जनताका साथै राष्ट्रपति गेइङ्गोबका आफन्तहरूलाई गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

सी चिनफिङले राष्ट्रपति गेइङ्गोब नामिबियाका उत्कृष्ट नेता भएको कुरा औँल्याउनुभयो। सन्देशमा सीले व्यक्त गर्नु भएको छः उहाँले आफ्नो जीवनकालमा चीन-नामिबियाको व्यापक रणनीतिक सहयोग साझेदारीको गहन विकासलाई प्रवर्द्धन गर्नुका साथै चीन-नामिबिया र चीन-अफ्रिका मित्रताको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ। उहाँको निधनले नामिबियाका जनताका लागि ठूलो क्षति भएको छ र चिनियाँ जनताले पनि असल साथी गुमाएका छन्। चीन र नामिबियाबीचको गहिरो परम्परागत मित्रतालाई चीनले कदर गर्छ र दुई देशबीचको व्यापक रणनीतिक सहकारी साझेदारीको निरन्तर विकासलाई प्रवर्द्धन गर्न नामिबियासँग काम गर्न इच्छुक छ।