वसन्त चाड अधविमा यात्राको परिवर्तनबाट विश्वलाई देखाइएको परिदृश्य
2024-02-05 16:25:57cri
Share with:

विदेशी मिडियाको विचारमा चीनको वसन्त चाड यात्रालाई विश्वमा सबभन्दा ठूलो वार्षिक जनसंख्या बसाइसराइको रूपमा मानिएको छ। यस वर्ष चीनको वसन्त चाड अवधिको यात्रा जनवरी २६ तारिखदेखि मार्च ५ तारिखसम्म ४० दिनसम्म चल्छ। चीनको यातायात र ढुवानी मन्त्रालयको अनुमानका अनुसार, सो अवसरमा चीनमा क्रस-क्षेत्रीय आवत-जावत मात्रा पटक पटक गरी ९ अर्ब पुग्नेछ भने सन् २०२३ को लगभग दुई गुणा हुन्छ। तीमध्ये शिखर अवधिमा रेल टिकट बिक्री मात्रा प्रति सेकेन्ड १५०० पुग्नेछ।

रोयटर्सको विचारमा वसन्त चाड यात्राले चीनमा तिव्र गतिले बृद्धि भएको यात्रु प्रवाह देखाउनुका साथै चीनको आर्थिक पुनःरूत्थान भएबाट देखिने विश्वास र जैविक शक्ति पनि प्रष्ट्याएको छ। विश्लेषणका अनुसार, यस वर्ष चीनको खुद्रा बिक्री मात्रा ५०० खर्ब चिनियाँ युआन पुग्ने छ भने चीनको आर्थिक विकासलाई ठूलो शक्ति प्रदान गर्नेछ।
यसका साथै वसन्त चाड यात्राको तरिकामा पनि धेरै परिवर्तन भएको छ। तथ्याङ्कका अनुसार, वसन्त चाड यात्रा अवधिमा लगभग असी प्रतिशत यात्रुले आफैँले गाडी चलाउनेछन्। यसबाहेक डिजिटल प्रविधिको व्यापक आवेदनबाट दिनदिनै विविध भएका यात्रुको मागसँग पूरा भएको छ।

विशेषज्ञको विचारमा ती परिवर्तन भएको कारण के हो भने एकातिर विज्ञान तथा प्रविधिको तिव्र गतिले विकास भएको छ भने अर्कातिर सामाजिक तथा आर्थिक विकास भएसँगै यात्रा अनुभवसम्बन्धी यात्रुको माग पनि बढेको छ। यसरी नै विभिन्न क्षेत्रले सेवा तरिकाको नवीन सिर्जना गरी बजारको मागसँग पूरा गर्नुपर्छ।
उल्लेखनीय कुरा के हो भने चीनको पूर्वाधारको सुधार र यात्रा अवधारणाको परिवर्तन भएसँगै वसन्त चाड यात्राको गन्तव्य पनि विविध भएको छ। सो अवसरमा इनबाउन्ड र आउटबाउन्ड यात्राको मात्रा पनि धेरै बढ्नेछ। हाल चीन र सिङ्गापुर, थाइल्याण्डलगायत मुलुकबीच पारस्परिक भिसा छूट भएको छ साथै विभिन्न इनबाउन्ड यात्रासम्बन्धी सुविधा नीति चलाइएबाट वसन्त चाड अवधिमा इनबाउन्ड र आउटबाउन्ड यात्रालाई लोकप्रिय बनाइनेछ।
रमाइलो वसन्त चाड यात्राबाट असल जीवनबारे चिनियाँको चाहना प्रतिबिम्बित हुनुका साथै विश्वलाई ऊर्जाले भरिएको चीन देखाइएको छ।