दुबईमा सन् २०२४ “वसन्तको स्वागत, वसन्त चाड रमाइलो गरी मनाऔँ” परेड
2024-02-05 11:23:31CRI
Share with:

लोङ वसन्त चाड नजिकिँदै गर्दा सन् २०२४ “वसन्तको स्वागत, वसन्त चाड रमाइलो गरी मनाऔँ” परेड दुबईमा आयोजना भएको छ। सो परेड कार्यक्रममा संयुक्त अरब ईमिरेट्स (युएइ)का लागि चिनियाँ राजदूत चाङ यीमिङ, दुबईका लागि चिनियाँ महावाणिज्यदूत ली स्युहाङ, युएइका आर्थिक तथा वैदेशिक व्यापार मन्त्रालयका उपमन्त्री अब्दुल्लाह बन अहमद सालिह, दुबईका लागि युएइ कार्यालयका प्रमुखलगायत गन्यमान्य व्यक्तिहरूको उपस्थिति थियो।

यो परेड कार्यक्रम चार दिनसम्म चल्ने छ। जसमा सांस्कृतिक तथा कला प्रदर्शन, प्रचार कार्यक्रम, परम्परागत संस्कृति र उच्च विज्ञान-प्रविधि प्रदर्शन, खाना र खेलकुदको अनुभव समेटिएका छन्। यो चीन र युएइ बीच दौत्य सम्बन्ध स्थापना भएको ४०औँ वार्षिकोत्सव मनाउने अनेकन् कार्यक्रमहरूको सुरूआती कार्यक्रम हो।    

यो परेडमा युएइमा बसोबास गर्ने चिनियाँ र चिनियाँ मूलका विदेशी वाणिज्य संघ, युएइका लागि चिनियाँ संस्था तथा व्यवसायी, युएइका व्यवसाय तथा विद्यालयबाट गठित २५ विभागहरू छन्। दौत्य सम्बन्ध स्थापनाको ४०औँ वार्षिकोत्सव मनाउनका लागि हरेक विभागमा ४० सदस्यहरू छन्।