सीएमजीको वसन्त चाड गालाको प्रोमोशनल भिडियो कन्टिनेन्टल आइस हकी लीगमा प्रदर्शन
2024-02-05 11:19:26CRI
Share with:

चाइना मिडिया ग्रुप सीएमजीको वसन्त चाड गालाको प्रोमोशनल भिडियो २ तारिख मस्कोमा आयोजित कन्टिनेन्टल आइस हकी लीगमा प्रदर्शन गरिएको छ। खुशीयाली गीत, रमाइलो लोङ नाच र चमकदार पटका-आतिशबाजीले तत्स्थानका दर्शकलाई विश्वयापी रूपमा वसन्त चाड मनाउने खुशीयाली वातावरणको अनुभव गराएको छ। 

 

केही दर्शकहरूले पहिलोपटक सीएमजीको वसन्त चाड गालाको प्रोमोशनल भिडियो हेरेर ताजा र रमाइलो लागेको व्यक्त गरेका छन्। उनीहरूले चिनियाँ जनतालाई नयाँ वसन्त चाडको शुभकामना व्यक्त गर्नुका साथै रूस र चीन दुई देश र जनता बीचको सहकार्य र मित्रता अमर रहोस् भन्ने कामना गरेका छन्।

सो अवसरमा आयोजित चिनियाँ वसन्त चाडसम्बन्धी परम्परागत सांस्कृतिक प्रश्न-उत्तर कार्यक्रमले धेरै दर्शकलाई आकर्षित गरेको छ।