पाकिस्तानकी युवती मिङ युएको चीन बसाइको कथा-१
2024-02-05 09:46:41CRI
Share with:

चालु वर्ष पाकिस्तानकी युवती मिङ युएको चीन बसाइ दोस्रो वर्षमा प्रवेश गरेको छ। गत वर्षको नोभेम्बरमा उनले चीनको दक्षिण पश्चिमी विश्वविद्यालयको अन्तर्राष्ट्रिय विभागमा चिनियाँ भाषा सम्बन्धी अन्तर्राष्ट्रिय शिक्षा विषयमा स्नातकोत्तर डिग्री अध्ययन शुरु गरेकी थिइन्। एक वर्षमा मिङ युएले के कस्ता उपलब्धि हासिल गरेकी छिन्? उनले साथी बनाएकी छिन्? उनले कस्तो अनुभव गरेकी छिन्?

 

यो वर्ष मेरो लागि निकै मूल्यवान छ। मैले व्यक्तिगत तथा पढाइको विषयमा ठूलो उपलब्धि हासिल गरेकी छु, उदाहरणका लागि पहिलेभन्दा म अझ बढी धैर्य र समावेशी भएकी छु। किन भने चीनमा मैले विभिन्न देशका विभिन्न मान्छेसँग भेट्न पाएकी छु। अहिले मैले अरु मानिसको दृष्टिकोणमा उनको अनुभव बुझ्न सकेकी छु। त्यसका अतिरिक्त, मैले दुर्भाग्यको बेलामा आशावादी तथा सक्रिय धारणा लिन सिकेकी छु।

विगत एक वर्षको पढाइबारे चर्चा गर्दै मिङ युएले धेरै कुरा बताइन्। गत वर्षमा लिइएको अन्तर्वार्ताको तुलनामा उनको चिनियाँ भाषा अरु राम्रो भएको छ।

गत वर्ष चीन आएकी बेलामा मेरो चिनियाँ भाषा त्यति राम्रो थिएन। तर अहिले मैले राम्रोसँग चिनियाँ किताब पढ्न सक्छु र चिनियाँ भाषामार्फत लेख्न सक्छु। अहिले म चिनियाँ साथीहरुसँग सजिलैसँग आदान-प्रदान गर्छु। त्यसका अतिरिक्त, मैले धेरै नयाँ ज्ञान प्राप्त गरेकी छु।

 

गत एक वर्षमा मिङ युएले विश्वविद्यालयमा धेरै असल साथीहरु बनाएकी छिन्। यसका साथै उनले चीनको परम्परागत संस्कृतिबारे अरु गहन जानकारी लिएकी छिन्। उनले विश्वविद्यालयका धेरै समूहको कार्यक्रममा भाग लिएकी छिन्। चीनको पैचिङ ओपेराप्रति उनको ठूलो चासो छ। 

मैले चीनको लिपिलेखन तथा चिया सम्बन्धी संस्कृतिबारे केही जानकारी लिएकी छु। तथापि मैले सबैभन्दा बढी चासो राखेको चीज पैचिङ ओपेरा हो। हिजो हाम्रो विश्वविद्यालयले पैचिङ ओपेरा सम्बन्धी एउटा कार्यक्रमको आयोजना गरेको थियो। “चिनियाँ भाषा पूल” प्रतियोगितामा सहभागी हुँदा मेरो भागमा ह्वाङ मै ओपेरा गाउनु थियो। 

विगत एक वर्षमा मिङ युएले संचालिका बनेर धेरै कार्यक्रमहरुको संचालन गरेकी छिन्। उनले विश्वविद्यालयका विविध कार्यक्रमहरुले विद्यार्थीहरुका लागि आफूलाई देखाउने मञ्च प्रदान गरेको भन्दै धेरै विद्यार्थीहरुले धेरै किसिमका सिप जानेको पनि बताइन्।

 

एकजना विदेशी विद्यार्थीको रुपमा मैले मञ्चमा चिनियाँ तथा अंग्रेजी भाषामार्फत कार्यक्रम संचालन गरेकी छु। यसबाट मैले प्रशस्त अनुभव संकलन गर्नुका साथै मञ्चमा कसरी आफूलाई अभिव्यक्त गर्ने कुरा सिकेकी छु। संचालिका भएपछि मैले सबै कार्यक्रमहरुबारे जानकारी लिनुका साथै अरु सदस्यहरुसँग आदान-प्रदान तथा सहयोग गर्नुपर्ने आवश्यकता छ। जसबाट मैले अरु मानिससँग सहयोग गर्ने क्षमता बढाउनुका साथै भाषण गर्ने क्षमता पनि सबल भएको छ।