चीन सम्बन्धि प्रमुख शब्दावली-- नयाँ गुणात्मक उत्पादकत्व
2024-02-06 14:20:16CRI
Share with:

हालसालै, चीनमा एउटा शब्दावली निकै लोकप्रिय भएको छ: सिन च शङछाङली अर्थात् नयाँ गुणात्मक उत्पादकत्व। गत वर्षको सेप्टेम्बरमा चिनियाँ सर्वोच्च नेता सी चिनफिङले उत्तरपूर्वी चीनको भ्रमण क्रममा पहिलो पटक यो शब्दावली प्रयोग गर्नुभएको थियो। जसले समाजको ध्यान तानेको थियो र सन् २०२३ मा चर्चाको विषय बन्नपुगेको छ। केही दिनअघि सी चिनफिङले सत्तारुढ दलको सर्वोच्च निकाय चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक ब्युरोको सामूहिक अध्ययन बैठकमा नयाँ उत्पादक शक्तिबारे गहन व्याख्या गर्नुभयो। नयाँ गुणात्मक उत्पादन शक्तिको कसरी निर्माण गर्न सकिन्छ र यसले विश्व अर्थतन्त्रको विकासमा कस्तो प्रभाव पार्नेछ?

नयाँ गुणात्मक उत्पादकत्वको विकासमा पुरातन उपायको रूपान्तरण र निर्णायक प्रविधिको नविनतालाई मुख्य ड्राइभिङ फोर्सको रूपमा लिनु हो र नवीनता उपलब्धिहरूलाई समयमै औद्योगिक विकासमा उतार्नु हो।

यसका लागि सी चिनफिङले यस्तो योजना मिलाउनुभएको छ:

परम्परागत उद्योगहरूको रूपान्तरण र उन्नयन। उदाहरणका लागि, चीनमा केही परम्परागत निर्माण कारखानाहरूले डिजिटल र एआई रूपान्तरणको माध्यमबाट मानवरहित सञ्चालनलाई साकार तुल्याएका छन्।

उदीयमान उद्योगहरूको विस्तार गर्नु। उदाहरणका लागि, विद्युतीय मानवयुक्त सवारी साधन, लिथियम आयन ब्याट्री र सौर्य ऊर्जा ब्याट्रीलाई चीनको वैदेशिक व्यापारको "नयाँ ३ उत्पादन वस्तु" को रूपमा चिनिन्छन्। जुन प्रविधि-गहन रणनीतिक उदीयमान उद्योगहरू हुन्।

भविष्यका उद्योगहरूको निर्माण र विकास गर्नु। ह्युमनोइड रोबोट, क्वान्टम कम्प्युटर, मेटावर्स प्रवेशद्वार, ६ जी नेटवर्क उपकरण, मस्तिष्क-कम्प्युटर अन्तरक्रिया, र चन्द्र र मंगल अन्वेषणमा प्रयोग प्रविधिहरू भन्ने अत्याधुनिक प्रविधिहरूलाई चीन सरकारका विभागहरूले बढाइरहेका छन्, र प्रतिष्ठित उत्पादनहरूको साथ नयाँ प्रविधिहरूको औद्योगीकरणलाई चलाइरहेका छन्।

साथै औद्योगिक प्रतिभाको हुर्काइ गर्नु।

नयाँ गुणात्मक उत्पादकत्वको संसारमा कस्तो प्रभाव पार्नेछ?

नयाँ गुणस्तरको उत्पादकत्वको प्रबर्द्धनले अन्तर्राष्ट्रिय सहकार्यमा देखा परेका अज्ञात समस्याहरू समाधान गर्ने क्रममा ठूलो प्रभाव पार्नेछ। चीनले विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमतायुक्त खुला नवीनता वातावरणको निर्माण गर्न आवश्यक छ र नयाँ गुणात्मक उत्पादकत्वलाई बढाउँदै अधिक अन्तर्राष्ट्रिय सहयोगलाई अघि बढाउनेछ।

उत्पादकत्वको क्रान्ति छोटो समयमा पूरा गर्न सकिँदैन। ऐतिहासिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्दा प्राकृतिक विज्ञानमा भएका सफलता र आर्थिक विकासको मोडमा भएका आधारभूत परिवर्तनले मानव समाजको विकास प्रक्रिया र सञ्चालन पद्धतिलाई अवश्य पनि पुनर्निर्माण गर्नेछ र मानव सभ्यतालाई नयाँ आकार दिनेछ।