सीएमजीको वसन्त चाड गाला कार्यक्रम पूर्वी अफ्रिकामा
2024-02-06 18:42:46cri
Share with:

फेब्रुअरी ३ तारिख सीएमजीको वसन्त चाड गाला कार्यक्रम इथियोपियाको राजधानी अदिस अबाबाको अदिस अबाबा-जिबुटी रेलवेको रब स्टेशनमा प्रदर्शन गरिएको थियो। अदिस अबाबा नगर केन्द्रको मेस्केल स्क्वायरमा सीएमजीको वसन्त चाड गाला प्रचार भिडियो पनि प्रदर्शन गरिएको थियो जसले पूर्वी अफ्रिकाको इथियोपियालाई चिनियाँ वसन्त चाडको रमाइलो वातावरण दिएको छ।

 

स्थानीय यात्रुहरूले चिनियाँ वसन्त चाडको अनुभव लिएको यो पहिलो पटक हो भन्दै कला प्रदर्शनबाट चीनको अद्वितीय सौन्दर्य देखेको बताएका छन्। उनीहरूले इथियोपियाको विकासलाई योगदान गरेका चिनियाँ निर्माताहरूलाई आभार ज्ञापन गर्नुका साथै सन् २०२४ मा सुखमय जीवनका लागि चिनियाँहरूलाई शुभकामना व्यक्त गरेका छन्।

 

अदिस अबाबा-जिबुटी रेलवे चिनियाँ कम्पनीले निर्माण गरेको हो जुन अदिस अबाबा र जिबुटीलाई जोडेको छ र अफ्रियकाको पहिलो अन्तर्राष्ट्रिय विद्युतीय रेलवे हो। सन् २०१८ को जनवरी १ तारिखदेखि संचालनमा आएपछि ६ वर्षयता सो रेलवे चीन-अफ्रिका सहयोगको नमूना र वेल्ट एन्ड रोड इनिसिएटिभको संयुक्त रचनाको प्रतीक बनेको छ।