सीएनएनमा देखाइयो चाइना मिडिया ग्रुपको वसन्त पर्व गाला प्रचारात्मक भिडियो
2024-02-06 15:07:46CRI
Share with:

फेब्रअरी ५ तारिखदेखि चाइना मिडिया ग्रुप सीएमजी वसन्त पर्व गाला प्रचारात्मक भिडियोलाई सीएनएनको उत्तरी अमेरिका च्यानल, अन्तर्राष्ट्रिय च्यानल, अन्तर्राष्ट्रीय युरोप मध्य पूर्व च्यानल, अफ्रिका च्यानल र अन्तर्राष्ट्रीय एशिय-प्रशान्त च्यानलमा एक साथ प्रसारण गरिएको छ। प्रसारित उक्त भिडियोलाई पहिलो दिनमा मात्र ४ करोड ३० लाख दर्शकले हेरेका छन्।

वसन्त पर्व गाला प्रचारात्मक भिडियो सीएनएनका विभिन्न टेलिभिजन च्यानलहरूमार्फत फेब्रअरी १८ तारिखसम्म प्रसारण गरिने छ। सम्बन्धित जानकारी अनुसार, विश्वका करिब ४० करोड दर्शकहरूमाझ सो भिडियो पुग्ने छ। हालसालै, वसन्त पर्व गाला प्रचारात्मक भिडियो पहिलोपटक सीएनएन म्याक्समा पनि प्रसारण गरिएको छ। उक्त स्ट्रिमिङ प्लेटफर्ममा अमेरिकी दर्शक सदस्यको संख्या २ करोड २० लाख छ भने यसको मुख्य दर्शकहरू बहुसांस्कृतिक पृष्ठभूमिका उच्च आय भएका युवाहरू हुन्।

यसका साथै, फेब्रअरी ७ तारिखदेखि सीएनएनको वेबसाइट र मोबाइल फोन एप्समा “वसन्त पर्व गाला तथा चिनियाँ वसन्त पर्व सांस्कृतिक क्षेत्र” शीर्षकमा एउटा कार्यक्रम शुरू हुने छ जसमा हाम्रो वसन्त पर्व कथा, मेरो आँखामा वसन्त पर्व गालाको सुन्दरता र अमूर्त सांस्कृतिक सम्पदा थोङलियाङ ड्र्यागन नृत्य लगायतका विषयहरू समेटिने छन्। चिनियाँ वसन्त चाडको परम्परागत संस्कृतिलाई बहु आयाम तरीकाबाट विश्वभरका दर्शकहरूसमक्ष प्रचार गरिने छ।