विभिन्न मुलुकमा “चीन लाल” बत्तीको सजावटमा वसन्त चाड मनाइँदै
2024-02-06 18:43:28cri
Share with:

फेब्रुअरी ६ तारिख चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता वाङ वनपिनले विश्वमा झनै बढी मानिसले वसन्त चाड मनाएका र वसन्त चाड मनाउनु नै क्रमशः फ्याशन बनेको बारे पत्रकारसँग कुराकानी गर्दै वसन्त चाड आफन्तहरू भेला भएको “चीन सन्दर्भ” रहेको बताउनुभयो। उहाँले विश्वमा साझा मनाउने अन्तर्राष्ट्रिय दिवस पनि रहेको उल्लेख गर्नुभयो।

 प्रवक्ता वाङले यस वर्ष चिनियाँ नव वर्षलाई संयुक्त राष्ट्र संघीय सभाबाट संयुक्त राष्ट्र संघ दिवसका रूपमा राखिएको पहिलो पटक हो भन्दै हालै संयुक्त राष्ट्र संघीय खाद्यान्न तथा कृषि संगठन, संयुक्त राष्ट्र संघको मुख्यालय लगायतले पहिलो पटक चिनियाँ पात्रो नव वर्षको औपचारिक रूपमा मनाएको जानकारी दिनुभयो। उहाँले हाल विश्वका लगभग २० वटा मुलुकमा वसन्त चाडलाई वैधानिक विदाका रूपमा राखिएको जानकारी दिँदै विश्वका लगभग २० प्रतिशत मानिसले विभिन्न तरिकामार्फत वसन्त चाड मनाएको बताउनुभयो। विश्वका विभिन्न मुलुकले  “चीन लाल” बत्ती सझाएर रमाइलो वातावरण र विविध चिनियाँ संस्कृतिको अनुभव लिएको पनि प्रवक्ता वाङले भन्नुभयो।