सीएमजीको वसन्त चाड गालाको प्रोमोशनल भिडियो सेन्ट पीटर्सबर्गस्थित अपराइजिङ स्क्वायरको पर्दामा प्रदर्शित
2024-02-06 09:40:20CRI
Share with:

चाइना मिडिया ग्रुप सीएमजीको वसन्त चाड गालाको प्रोमोशनल भिडियो ५ तारिख मस्कोको दोस्रो ठूलो शहर सेन्ट पीटर्सबर्गस्थित अपराइजिङ स्क्वायरको पर्दामा प्रदर्शन गरिएको छ। अपराइजिङ स्क्वायर सेन्ट पीटर्सबर्गको प्रसिद्ध पर्यटकीय स्थल हुनुको साथै मानिसको प्रवाह सबैभन्दा धेरै हुने ठाउँ हो। 

सेन्ट पीटर्सबर्ग शहरीय सरकारले सन् २०२४ चिनियाँ वसन्त चाड मनाउन अनेकन् कार्यक्रमको आयोजना गरेको छ। सेन्ट पीटर्सबर्ग शहरका मेयरले विशेष भिडियोमा चिनियाँ दर्शकलाई वसन्त चाडको शुभकामना व्यक्त गर्नुभएको छ।

सेन्ट पीटर्सबर्गबाहेक मस्को शहरका धेरै पर्दाहरूमा पनि सीएमजीको वसन्त चाड गालाको प्रत्यक्ष प्रसारणबारे सूचना प्रदर्शन भइरहेको छ। 

सन् २०२४ सीएमजी वसन्त चाड गाला पहिलोपटक रूसी टेलिभिजन र नयाँ सञ्चार माध्यममा संयुक्त रूपमा प्रत्यक्ष प्रसारण गरिने छ।