सी चिनफिङद्रवारा नामिबियाका नयाँ राष्ट्रपतिलाई बधाई
2024-02-07 17:14:11cri
Share with:

फेब्रुअरी ७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नामिबियाको राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नु भएकामा नाङ्गोलो एम्बेम्बालाई बधाई सन्देश पठाउनुभयो।

सी चिनफिङले चीन र नामिबियाबीच गहिरो परम्परागत मित्रता, विभिन्न क्षेत्रमा फलदायी सहयोग रहेको र प्रमुख चासोका विषयमा एकअर्कालाई सहयोग गर्ने कुरामा जोड दिनुभयो। राष्ट्राध्यक्ष सीले आफूले चीन-नामिबिया सम्बन्धको विकासलाई ठूलो महत्व दिने भन्दै चीन-नामिबियाको व्यापक रणनीतिक सहयोग साझेदारीको नयाँ विकासलाई प्रवर्द्धन गर्न तथा अन्तर्राष्ट्रिय निष्पक्षता र न्याय र विकासोन्मुख देशहरूको साझा हितको रक्षा गर्न राष्ट्रपति एम्बेम्बासँग काम गर्न इच्छुक रहेको बताउनुभएको छ।