चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट दक्षिणी ध्रुवस्थित चिनियाँ छिनलिङ स्टेशनको स्थापना तथा सञ्चालनको अवसरमा शुभकामना सन्देश
2024-02-07 15:57:59CRI
Share with:

लोङ वर्ष आउनुअघि नै दक्षिणी ध्रुवस्थित चीनको छिनलिङ स्टेशन स्थापनाका साथै सञ्चालनमा आएको छ। यस अवसरमा, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, केन्द्रिय सैन्य आयोगका अध्यक्ष एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शुभकामना सन्देश पठाएर ध्रुवीय क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई हार्दिक अभिवादन र वसन्त चाडको शुभकामना व्यक्त गर्नुभएको छ। 

उहाँले ध्रुवीय क्षेत्रमा कार्यरत् कर्मचारीहरूलाई मेहनती रूपमा प्रयास गर्नुका साथै नयाँ सिर्जना गरी अन्तर्राष्ट्रिय जगतसँग ध्रुवीय क्षेत्रलाई अझ राम्ररी बुझ्ने, संरक्षण गर्ने, प्रयोग गर्ने र मानवजातिलाई फाइदा पुर्याउन तथा मानव भाग्य समुदायको निर्माण गर्न नयाँ र अझ ठूलो योगदान दिने आशा गर्नुभएको छ। 

दक्षिणी ध्रुवस्थित चिनियाँ छिनलिङ स्टेशन रोस्केनक्सबर्ग टापुमा अवस्थित छ। यो दक्षिणी ध्रुवमा चीनको पाँचौँ अभियान स्टेशन हो।