संयुक्त राष्ट्र संघका महासचिवबाट चिनियाँ पात्रोअनुसार नयाँ वर्षको शुभकामना
2024-02-07 10:48:37CRI
Share with:

संयुक्त राष्ट्र संघका महासचिव अन्टोनिओ गुटेर्रेसले ६ तारिख चिनियाँ पात्रोअनुसार नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले लोङ वर्षको उपलक्ष्यमा सबैजनालाई सदिच्छापूर्वक अभिवादन व्यक्त गर्नुभएको छ। लोङ जैविक शक्ति, बुद्धि, सुरक्षा र सौभाग्यको प्रतीक हो। यो मानवजातिले वर्तमान विश्वव्यापी चुनौतीको सामना गर्न आवश्यक विशेषता हो। 

महासचिव गुटेर्रेसका अनुसार, चालु वर्ष चिनियाँ पात्रोबमोजिम नयाँ वर्ष पहिलोपटक संयुक्त राष्ट्र संघको पर्व क्यालेन्डरमा समेटिएको छ। चीन र चिनियाँ जनताले संयुक्त राष्ट्र संघ, बहुपक्षीयता र विश्वको प्रगतिमा दृढताका साथ समर्थन दिएकोमा धन्यवाद छ।

हामी हातमा हात मिलाएर दिगो विकास, निष्पक्ष र शान्तिपूर्ण भविष्यलाई साकार गर्न सफल हौँ, उहाँले उल्लेख गर्नुभएको छ।

उहाँले नयाँ वर्षमा सबैजनालाई सुस्वास्थ्य, सुखमय र सबैको विकास होस् भन्ने शुभकामना दिनुभएको छ।