चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट अल साल्भाडरका राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएका बुकरलाई शुभकामना सन्देश
2024-02-07 15:52:51CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ५ तारिख अल साल्भाडरका राष्ट्रपतिमा पुनः निर्वाचन हुनुभएका नायब बुकरलाई शुभकामना सन्देश पठाउनुभएको छ। 

उहाँका अनुसार केही वर्षयता चीन र अल साल्भाडरको सम्बन्ध चौतर्फी र तीव्र गतिले विकास हुनुका साथै व्यावहारिक सहयोगको क्षेत्रमा प्रशस्त उपलब्धि भएबाट स्थानीय जनतालाई फाइदा पुर्याइएको छ। जसले दुई देश बीचको दौत्य सम्बन्ध स्थापना तथा दुई देश र जनताको मुल र दीर्घकालीन हितसित अनुकुल भएको पुष्टि गरेको छ। उहाँले दुई देशको सम्बन्धमाथि उच्च महत्व दिँदै राष्ट्रपति बुकरसँग मिलेर दुई देशको सम्बन्धलाई नयाँ चरणमा पुर्याउने इच्छा राख्नुभएको छ।