मे डिन चाइना विदेशमा लोकप्रिय
2024-02-07 19:36:42cri
Share with:


 चिनियाँ वसन्त चाड नजिकँदा विश्वका विभिन्न क्षेत्रमा वसन्त चाड वातावरण पनि धेरै देखिएको छ। चीनको अलिबाबा ग्रुपमातहत क्रस-बोर्डर ई-वाणिज्य प्लेटफर्मको तथ्याङ्क अनुसार, चिनियाँ भाग्यशाली रातो गाँठोलगायत वसन्त चाडसम्बन्धी वस्तु र अरू मे डिन चाइना सामग्रीहरू विश्वका १०० भन्दा बढी मुलुकमा लोकप्रिय भएका छन्।

उपभोक्ताका लागि मे डिन चाइनाको गुण राम्रो मानिन्छ। साथै किनमेल सुविधा र चिनियाँ सामग्रीको लोकप्रियता पनि राम्रो छ। यसबाहेक चिनियाँ सामग्रीको विशेष साँस्कृतिक मूल्य पनि निकै महत्वपूर्ण छ। अमूर्त सांस्कृतिक सम्पदा हस्तशिल्प, चिनियाँ पोशाक, चिया समेत सामग्री विदेशमा लोकप्रिय छ। चिनियाँ रक्सी जी २० शिखर सम्मेलन, दाभोसलगायत अन्तर्राष्ट्रिय मञ्चमा प्रदान गरिन्छ। ५००० वर्षको इतिहास बोकेको चिनियाँ सभ्यताले मे डिन चाइना सामग्रीलाई दृढ साँस्कृतिक आधार प्रदान गरेको छ र सद्भाव तर फरक, साझा सौन्दर्य अवधारणा देखाएको छ। जसले अरू बढी विदेशीलाई मे डिन चाइना सामग्रीलाई आकर्षित गरेको छ।

चीनको उत्कृष्ट परम्परागत संस्कृति मे डिन चाइना सामग्रीको सबभन्दा गहिरो आधार हो। मे डिन चाइना सामग्री विश्वमा लोकप्रिय भएबाट विश्व व्यापारको समृद्धि र आर्थिक विकासलाई बढाउनुका साथै सभ्यताको आदान-प्रदानलाई पनि अघि सारिएको छ र विश्वलाई सक्रिय चिनियाँ शक्ति प्रदान गरिएको छ।