सी चिनफिङद्रवारा चिलीका पूर्व राष्ट्रपति पिनेराको निधनमा चिलीका राष्ट्रपति बोरिकलाई शोक सन्देश
2024-02-07 19:33:28cri
Share with:

फेब्रुअरी ७ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चिलीका पूर्वराष्ट्रपति पिनेराको आकस्मिक निधन भएकामा चिलीका राष्ट्रपति बोरिकलाई शोक सन्देश पठाउनुभएको छ। शोकसन्देशमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट गहिरो समवेदना व्यक्त गर्दै पिनेराका आफन्त र चिलीका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।

 सी चिनफिङले पिनेरा चिलीका उत्कृष्ट राजनीतिज्ञ हुनुहुन्थ्यो जसले आफ्नो जीवनकालमा चीन-चिली सम्बन्धको विकास र पारस्परिक लाभकारी र मैत्रीपूर्ण सहयोगलाई प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै दुई देशबीचको मित्रताले सकारात्मक योगदान पुर्‍याएको बताउनु भएको छ। उहाँको निधनले चिनियाँ जनताले पुरानो र असल साथी गुमाएको भन्दै आफू चीन-चिली सम्बन्धको विकासलाई ठूलो महत्व दिने पनि उहाँले उल्लेख गर्नु भएको छ। राष्ट्राध्यक्ष सीले चीन-चिली व्यापक रणनीतिक साझेदारीको निरन्तर सुदृढीकरण र विकासलाई निरन्तरता दिन राष्ट्रपति बोरिकसँग काम गर्न इच्छुक रहेको कुरामा जोड दिनु भएको छ।