सी चिनफिङद्वारा चीन-पोर्चुगल दौत्य सम्बन्ध स्थापनाको ४५ औँ वार्षिकोत्सवका अवसरमा पोर्चुगलका राष्ट्रपतिलाई बधाइ सन्देश
2024-02-08 16:48:41cri
Share with:

फेब्रुअरी ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-पोर्चुगल दौत्य सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौरालाई बधाइ सन्देश पठाउनुभएको छ।

 सी चिनफिङले दुई देशबीचमा दौत्य सम्बन्ध स्थापना भएको ४५ वर्षयता चीन र पोर्चुगलले आपसी सम्मान, खुला र उदार अवधारणा लिएर सल्लाह गरी मकाउ विषयको उचित रूपमा समाधान गर्नुका साथै वेल्ट एन्ड रोडको संयुक्त रूपमा रचना गरेको उल्लेख गर्नुभएको छ। आफूले चीन-पोर्चुगल सम्बन्धमा उच्च ध्यान दिएर राष्ट्रपति दे सौरासँग मिलेर दुई देश व्यापक रणनीतिक साझेदारी सम्बन्धलाई गहन पार्ने इच्छा लिएको सीले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ।

 दे सौराले पोर्चुगल-चीन कुटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको सम्बन्ध धेरै विकास भएको र मकाउ शासनको सहज हस्तान्तरण भएको बताउनुभयो।