सी चिनफिङद्वारा पुटिनसँग टेलिफोनवार्ता
2024-02-08 19:08:25cri
Share with:

 फेब्रुअरी ८ तारिख दिउँसो चिनियाँ परम्परागत नव वर्ष आउन लागेको बेला चीनका राष्ट्राध्यक्ष सी चिनफिङले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नुभएको छ।

 सी चिनफिङले चिनियाँ वसन्त चाड आउँदा नयाँ वर्षको वातावरण उल्लासमय देखिएको भन्दै आउन लागेको ड्रागन वर्षबारे चिनियाँ जनताको प्रशस्त आशा र विश्वास रहेको उल्लेख गर्नुभयो। पुटिनले चिनियाँ संस्कृतिमा ड्रागन बुद्धि र बलको प्रतीक रहेको भन्दै आफूले मैत्रीपूर्ण चिनियाँ जनतालाई हार्दिक मंगलमय शुभकामना ज्ञापन गर्नुका साथै ड्रागन वर्षको शुभेच्छा व्यक्त गरेको बताउनुभयो।

 दुई नेताले वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चर्चित विषयबारे गहिरो रूपमा वैचारिक आदान-प्रदान गर्नुभएको छ। नयाँ वर्षमा दुई देशबीच घनिष्ट आवत-जावतको अरू कायम गरी चीन-रूस सम्बन्ध र साझा अभिरूचि रणनीतिक विषयबारे गहन रूपमा आदान-प्रदान गर्नेबारे दुई नेताबीच सहमति भएको छ।