सी चिनफिङद्वारा अजरबैजानका राष्ट्रपतिलाई बधाइ सन्देश
2024-02-08 16:47:14cri
Share with:

फेब्रुअरी ८ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले इल्हाम अलियेवलाई अजरबैजानका राष्ट्रपति पुनःनिर्वाचित हुनुभएकामा बधाइ सन्देश पठाउनुभएको छ।

 सी चिनफिङले केही वर्षयता चीन-अजरबैजान सम्बन्ध स्वस्थ र स्थिर विकास प्रवृत्ति देखिनुका साथै दुई पक्षले उच्च स्तरीय राजनीतिक आपसी विश्वास स्थापना गरी वेल्ट एन्ड रोड रचना सहयोगलाई अघि सारेर अन्तर्राष्ट्रिय मामिलामा घनिष्ट सहयोग गरेको उल्लेख गर्नुभयो। आफूले चीन-अजरबैजान सम्बन्ध विकासमा उच्च ध्यान दिनुका साथै राष्ट्रपति अलियेवसँग मिलेर दुई देश सम्बन्ध र द्वीपक्षीय विभिन्न क्षेत्रका सहयोगलाई उकास्न नेतृत्व गर्ने इच्छा लिएको सी चिनफिङले बताउनुभयो।