विश्वको सबैभन्दा अग्लो भवनमा लगातार पाँचौँ वर्ष सीएमजीको वसन्त चाडको अद्भुत प्रकाश कार्यक्रम
2024-02-08 15:49:26CRI
Share with:

फेब्रुअरी ७ तारिख संयुक्त अरब इमिरेट्स (युएई) को दुबईको केन्द्रमा रहेको विश्वकै अग्लो भवन बुर्ज खलिफा टावरमा प्रकाश र छायाँको माध्यमबाट वातावरण रमणीय बनाइएको छ। चाइना मिडिया ग्रुप सीएमजीद्वारा निर्मित वसन्त चाडको प्रकाश कार्यक्रम निरन्तर पाँचौँ वर्ष बुर्ज खलिफामा देखाइएको हो। सो प्रकाश कार्यक्रमको माध्यमबाट विश्वभरका चिनियाँ मानिस र विभिन्न देशका मानिसहरूलाई नयाँ वर्षको शुभकामना व्यक्त गरिएको छ।

सो प्रकाश कार्यक्रममा“विचार, कला र प्रविधि”समावेश छन्। नवीन विज्ञान प्रविधि प्रयोग गरी सीएमजीको वसन्त पर्व गालाको उद्देश्यअनुरूप“खुशी, शुभ र आनन्द”प्रस्तुत गरिएको छ।

अद्भुत र सुन्दर प्रकाशहरूले चीन र संयुक्त अरब इमिरेटस् बीचका फलदायी सहकार्यहरू देखाएको छ र विश्व शान्ति र समृद्धिको आशा व्यक्त गरेको छ।

विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको उचाइ ८२८ मिटर छ। यो टावर विश्वकै सबैभन्दा ठूलो एलइडी स्क्रिन पनि हो । सीएमजीको वसन्त चाडको प्रकाश कार्यक्रम सुन्दर र भव्य श्रव्य-दृश्य मात्रै होइन उत्कृष्ट परम्परागत चिनियाँ संस्कृतिको प्रचार गर्ने र विश्वसँग सहकार्य र आदानप्रदानलाई बलियो बनाउने महत्त्वपूर्ण झ्याल हो।