फुकुशिमा आणविक दूषित पानी फेरि चुहावटबाट तीन निर्णयको पुष्टि
2024-02-09 18:48:38cri
Share with:

जापानको टोकियो इलेक्ट्रिक पावर कम्पनी फेरि दुर्घटनामा परेको छ।

जापानको सबभन्दा ठूलो उक्त आणविक ऊर्जा कम्पनीले फेब्रुअरी ८ तारिख बताएअनुसार, ७ तारिख फुकुशिमा आणविक पावर प्लान्टको आणविक दूषित पानी शुद्धीकरण उपकरणको चुहावट दुर्घटना भएको थियो जुन मानवीय त्रुटीको कारण हुन सक्छ। त्यसबेला एक कर्मचारीले एक उपकरणलाई सफा गर्दा निकास भेन्ट चुहिएको भेटाएका थिए। साथै सफा गर्ने बेलामा म्यानुअल बन्द हुनुपर्ने १६ वटा भल्भमध्ये १० वटा खोलिएका थिए। जसबाट रेडियोधर्मी पदार्थ भएको पानी निकास पाइपमा बगेर धाराको पानीमा मिसिएको छ।

फुकुशिमा स्थानीय मिडियाका अनुसार, उक्त दुर्घटनाबाट ५.५ टन आणविक दूषित पानी चुहावट भएको छ। चुहावट भएको पानीमा रेडियोधर्मी पदार्थको मात्रा २२ अर्ब बेकरेलसम्म रहेको अनुमान गरिएको छ। यो सरकारलाई रिपोर्ट गर्नुपर्ने मापदण्डभन्दा धेरै पुगेको छ। विशेषज्ञका अनुसार, यो मात्रा वरिपरि वातावरण र मानव शरीरमाथि केही प्रभाव पर्ने संभाव छ। स्थानीय मिडियाका अनुसार, घटनास्थलमा विकीरण स्तर वरिपरि क्षेत्रकाभन्दा लगभग 240 गुणा बढी पुगेको छ।

एकातिर दुर्घटना भइरहेको छ भने अर्कातिर समुद्रतिर छोडेको आणविक दूषित पानी सुरक्षित रहेको घोषणा गरिएको छ। यसरी नै जापानले समुद्रमा फोहोर निकासी गर्दा त्यहाँ ठूलो "ब्ल्याक होल" छ भन्ने मानिसको पूर्ण शंका छ। यसले तीन प्रमुख मुद्दामा बाहिरी संसारको निर्णयलाई पनि पुष्टि गरेको छ।

एक, टोकियो इलेक्ट्रिक पावर कम्पनी केवल आणविक दूषित पानीको बहावको सुरक्षा सुनिश्चित गर्न असमर्थ छ। दुई, जापानी सरकारको पर्यवेक्षणको कमी दोषी छ। तीन, जापानी आणविक दूषित पानीको व्यवस्थापनको अनुगमनमा अन्तर्राष्ट्रिय समुदायको सहभागिता आवश्यक छ।

गत अगष्टदेखि जापानले तीन चरण गरी आणविक दूषित पानीलाई समुद्रतिर फालेको छ भने फालेको कूल मात्रा २३ हजार टन पुगेको छ। चौथो चरणको कार्य्रकम यस महिनाको अन्ततिर सुरू हुनेछ। टोकियो इलेक्ट्रिक पावर कम्पनीको पछिल्लो दुर्घटनाबाट जापानलाई फेरि चेतावनी दिइएको छ। जापानी राजनीतिज्ञहरूले जिम्मेवारी र विवेक देखाएर दूषित पानी फाल्न रोक्नुपर्छ र अन्तर्राष्ट्रिय समूहसँग सल्लाह गरी सबै पक्षबाट स्वीकृत व्यवस्थापन कार्यक्रम खोज्नुपर्छ।