सी चिनफिङद्वारा चीनभरका विभिन्न जातिका जनता, हङकङ तथा मकाउ विशेष प्रशासनिक क्षेत्र र थाइवान क्षेत्रका देशबन्धुहरू र विदेशमा रहेका चिनियाँ प्रवासीहरूलाई नयाँ वर्षको शुभकामना व्यक्त
2024-02-09 09:31:20CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषदले फेब्रुअरी ८ तारिख बिहान जन बृहत् सभा भवनमा वसन्त चाड सामूहिक भेला कार्यक्रम २०२४ को आयोजना गरेको छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र राज्य परिषदको तर्फबाट चीनभरका विभिन्न जातिका जनता, हङकङ विशेष प्रशासनिक क्षेत्रका देशबन्धुहरू, मकाउ विशेष प्रशासनिक क्षेत्रका देशबन्धुहरू, थाइवान क्षेत्रका देशबन्धुहरू र विदेशमा रहेका चिनियाँ प्रवासीहरूलाई नयाँ वर्षको शुभकामना ज्ञापन गर्नुभएको छ।